पाँचथरमा चट्याङबाट, लहानमा करेन्ट लागेर एक – एक जनाको मृत्यु
सोमबार, ०८ जेठ २०७४, १८ : ५४
पाँचथर, जेठ ८ – याङ्वरक गाउँपालिका–९ मुडेमा चट्याङ लागेर आज अपराह्न बलबहादुर तावाको मृत्यु भएको छ, भने लहान सिरहा कल्याणपुर नगरपलिका–६ मा करेन्ट लागेर आजै अर्का एक बालकको मृत्यु भएको छ ।
स्थानीयवासी नन्दकुमार तावाका घरमा परेको चट्याङबाट उनका छोरा बलबहादुर गम्भीर घाइते भएकामा उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, घरमा खेल्ने क्रममा पङ्खा जोडेको नाङ्गो तारबाट करेन्ट लागेर स्थानीय बिनोद महराको पाँच वर्षीय छोरा दीपकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इप्रका मिर्चैयाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण