शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरमा एक लाख मतगणना, एमालेका शाक्यलाई ११ हजार मतको अग्रता

सोमबार, ०८ जेठ २०७४, १८ : ५७
सोमबार, ०८ जेठ २०७४
शम्भु दंगाल काठमाडौं, जेठ ८– काठमाडौं महानगरपालिकाको मतगणना कार्य एक सातादेखि जारी छ । एक सातामा सोमवार साँझसम्म एक लाख मत गणना गरिएको छ । सोमबार साँझ ६ बजेसम्म १ लाख ३ सय १० पुगेको हो । मतगणनाको शूरुदेखि नै अग्रता हासिल गरेका नेकपा एमालेका बिद्यासुन्दर शाक्यले ३२ हजार ५ सय ८० मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका राजुराज जोशीले २३ हजार ४ सय ३५ मत ल्याएका छन् । तेश्रो स्थान कायम गर्दै आएको विवेकशील नेपाली दलकी रन्जु दर्शनाले १२ हजार ६ सय ८३ मत प्राप्त गरेकी छिन् । यस्तै साझा पार्टीका उम्मेदवार किशोर थापाले ९ हजार ५ सय ९४ मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रका सर्वोक्तम डंगोलले ३ हजार ६ सय ९२ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ भने नेपाली कांग्रेस अघि बढेको छ । कांग्रेसकी हरिप्रभा खड्कीले ३० हजार ३ सय ३४ मत ल्याएकी छिन् । दोश्रो स्थानमा रहेका राप्रपाका राजाराम श्रेष्ठले १८ हजार ३ सय २६ मत ल्याएका छन् । यस्तै साझा पार्टीको उपमेयरमा ६ हजार १ सय ८९ मत छ भने माओवादी केन्द्रको ४ हजार ७ सय ९७ मत रहेको छ । हालसम्म वडा नं. १, २, ३, ४, ५, २२, २३, २५, २६, २७, २८, २९ र ३० वडाको मत गणना सम्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप