शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकारले औषधि आयातमा रोक लगाउने निर्णयको नेउवा महासंघको स्वागत स्वागत

सोमबार, ०८ जेठ २०७४, १८ : ५९
सोमबार, ०८ जेठ २०७४
काठमाडौँ, जेठ ८ – नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल औषधि उत्पादक सङ्घ र नेपाल आयुर्वेदिक औषधि उत्पादक सङ्घले आत्मनिर्भर भइसकेका औषधि आयातमा रोक लगाउने सरकारी निर्णयको स्वागत गरेका छन् । नेपाल सरकार, स्वास्थ मन्त्रालयले आत्मनिर्भर भइसकेका औषधि आयातमा रोक लगाउने निर्णय हालै गरेको थियो । हाल नेपालमा रु २० अर्बको औषधि आयात हुँदै आएको छ । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाली औषधि उद्योगलाई सरकारी नीतिले ठूलो राहत पुगेको बताउनुभयो । रुघाखोकी, आऊ, औलो ज्वरो, झाडापखला, मुटु बाथरोग एवम् अन्य ३७ प्रकारका रोगको औषधि स्वदेशमा उत्पादन हुन सक्ने भएपछि सरकारले उक्त औषधि आयातमा रोक लगाउने भएको हो । नेपालमा भारतबाट मात्र ५२ प्रतिशत औषधि आयात हुन्छ । भने अन्य मुलुकबाट तीन र नेपालमा ४५ प्रतिशत औषधि उत्पादन हुन्छ । स्वदेशमा उत्पादन हुने अधिकांश औषधिको कच्चापदार्थ भारतबाट आयात हुन्छ । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष शङ्कर घिमिरेले बैंकको व्याज, कर्मचारीको पारिश्रमिक, घरभाडा, कर तथा अन्य खर्च कटाएर औषधि कम्पनीले १५ प्रतिशत नाफा आर्जन गर्ने गरेको बताए । उनले केही समय अघि पैतीस पैसामा उत्पादन गरिएका औषधि रु पाँचमा बिक्री गरी २४ सय प्रतिशत नाफा असुलेको कुरालाई समाचार माध्यमले एकपक्ष ढङ्गमा सम्प्रेषण गरेको आरोप लगाए । नेपालमा ५५ औषधि उत्पादक कम्पनीमध्ये ४९ वटा सञ्चालनमा आएका र त्यसमा रु २६ अर्बको लगानी एवम् वार्षिक १६ अर्बको औषधि उत्पादन हुन्छ । नेपालमा औषधि उत्पादन हुन थालेको ३५ वर्ष पुगेको छ भने सो क्षेत्रमा करिब १५ हजारले रोजगारी पाएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप