शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ औषधि व्यवसायीको दावी

सोमबार, ०८ जेठ २०७४, १९ : ००
सोमबार, ०८ जेठ २०७४
काठमाडौ, जेठ ८– औषधि व्यवसायीहरुले नेपालमा उत्पादन भएका सबै औषधि गुणस्तरीय रहेको दावी गरेका छन् । व्यवसायीहरुले नेपालमा उत्पादन भएका औषधि अमेरिका, चीन र भारतभन्दा कम गुणस्तर भएको भनेर पुष्टि गरेर देखाउन पनि चुनौति दिएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद दाहालले नेपालमा गुणस्तरीय औषधि उत्पादन हुने गरेको दावी गरे । उनले अमेरिका, भारत, चीनमा भन्दा कम गुणस्तरीय औषधि नेपालले उत्पादन गर्छ भनेर पुष्टि गरेर देखाउन पनि चुनौति दिए । नेपाल आयुर्वेदिक औषधि उत्पादक संघका अध्यक्ष विनोद पौडेलले औषधि उत्पादनका क्षेत्रमा नेपाल समक्ष भईसकेको दावी गरे । नेपालमा हाल ५६ प्रतिशत औषधि आयात हुने गरेको सरकारी तथ्यांक छ । औषधि व्यवसायीहरुले नेपाली औषधि उद्योगको प्रवद्र्धन गर्ने नीति सरकारले लिए वार्षिक २० अरवको औषधि आयातलाई प्रतिष्थापन गर्न सकिने पनि स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप