शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हैटौंडा उपमहानगरमा कांग्रेसले उछिन्यो : १४२ मतले एमाले उम्मेदवार पछाडि

मङ्गलबार, ०९ जेठ २०७४, १४ : ००
मङ्गलबार, ०९ जेठ २०७४

मकवानपुर, जेठ ९ –कहिले काँग्रेस– माओवादीका साझा उम्मेदवार अग्रस्थानमा आउने त कहिले एमालेका उम्मे्दवार अगाडि आएपछि हेटौँडा उपमहानगरपालिकाको मतगणना रोचक बन्दै गएको छ । कडा प्रतिश्पर्धा भएका यी दुई उम्मेदवारलाई राप्रपाका उम्मेदवारले पछ्याउदै आएका छन् । सोमबारसम्म एमाले अगाडी रहेको हेटौडामा मंगलबार दिउँसो काँग्रेसले एमालेको अग्रतालाई तोड्दै १४२ मतले अग्रता लिएको छ । मंगलबार दिउँसो १ बजेसम्मको परिणामअनुसार काँग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले १९ हजार ४९६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हरिबहादुर महतले १९ हजार ३५४ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार मधु अधिकारी ६ हजार १३४ मतका साथ तेस्रो स्थानमा कायम गरेका छन् । हेटौडाको उपमेयरमा भने एमालेकी मिना लामा सुरुबाटै अगाडि छन् । लामाले १९ हजार ५२१ मत प्राप्त गरेकी छन् भने माओवादीका बलराम बलले १४ हजार ६४९ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप