मोदीको तीन वर्ष : नोकरी बिना अच्छे दिन ?
नयाँ दिल्ली, जेठ ९ – विनोद कुमार यादव ३५ वर्षका भए तर उनी अझै बेरोजगार छन् । विनोद प्राध्यापक बन्न चाहन्थे, यसका लागि उनले पिएचडी पनि गरे । तर, अहिलेसम्म उनीसँग नोकरी छैन ।
पिएचडीपछि उनलाई केही कलेजमा तीन महिनाका लागि अतिथि प्राध्यापकका रुपमा पढाउने अवसर मिल्यो । तर, स्थायी जागिर भने उनले पाउन सकेनन् ।
आफूले रोजगारी नपाउनुमा उनी चयन प्रक्रियालाई दोषी मान्छन् जसले गर्दा कलेजको रिक्त स्थान भर्न सकिएको छैन ।
कयौँ वर्षदेखि विश्वविद्यालयहरुमा प्राध्यापक पद खाली छ, तर तिनीहरुमा बहाली हुन सकिरहेको छैन ।
विनोदका अनुसार उनले ३१ वर्षको उमेरमा नै पिएचडी पूरा गरेका थिए । त्यहाँदेखि अहिलेसम्म उनले स्थायी जागिरका लागि चक्कर काटिरहेका छन् ।
जागिर नपाएर थकित भएका उनले अहिले उत्तर प्रदेशको लोक सेवा आयोगमा परिक्षा दिएका छन् । जुन उनले स्नातक पास गर्ने बित्तिकै दिनसक्थे, यानी २२ वर्षको उमेरमा नै ।
यो कथा विनादेको मात्र होइन, हरेक वर्ष डिग्री लिएर रोजगारीको बजारमा आउने भारतका सवा करोड युवायुवतीहरुको नियति हो । किनभने पछिल्लो सात वर्षमा भारतमा रोजगारी कम हुँदै गएको छ । यस वर्ष नयाँ रोजगारीको औसत सबैभन्दा कम छ ।
५ मार्च २०१७ मा भारतीय जनता पार्टीको आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै देशमा रोजगारी घटिरहेको दाबी गरिएको थियो ।
स्टेट बैंकको इको फ्ल्यासको सर्वेक्षणको हवाला दिँदै भनिएको थियो, अगस्त २०१६ मा बेरोजगारीको दर ९.५ थियो जबकी फेब्रअरीमा त्यो घटेर ४.८ प्रतिशतमा घटेको छ ।
तर, भारत सरकारकै श्रम मन्त्रालयको लेबर ब्युरोको आँकडा अनुसार नयाँ रोजगारी सृजनामा ८४ प्रतिशतले कमी आएको छ ।
तथ्यांकअनुसार सन् २००९–२०१० मा ८ लाख ७० हजार नयाँ व्यक्तिलाई रोजगारी मिलेको थियो भने सन् २०१६ मा मात्र १ लाख ३५ हजार नयाँ व्यक्तिलाई रोजगारी सृजना भएको थियो ।
यसको अर्थ २०१० मा जति रोजगारी मिलेको थियो आज त्यसको सातमध्ये एक हिस्सा मात्र उपलब्ध छ ।
भारतमा ६० प्रतिशत युवा छन् जुन कुनै पनि देशको तुलनामा बढी भएको प्रधानमन्त्री नरेन्द्र मोदी समेत हरेक पल्ट चर्चा गर्ने गर्छन् ।
यही वर्ष अर्गनाइजेसन अफ इकोनमिक कोओपरेशन एन्ड डेभलप्मेन्टले एक सर्वेक्षण अनुसार १५ देखि २९ वर्षका ३० प्रतिशत युवा बेरोजगार छन् । उनीहरुलाई कुनै सीपमूलक प्रशिक्षण समेत दिइएको छैन ।
सन् २०१६ मा इन्डिया स्पेन्ड नामक एक रिपोर्टमा पछिल्ला ३० वर्षमा भारतमा मात्र ७० लाख नयाँ रोजगारमात्र सृजना भएको छ । जबकि भारतमा हरेक वर्ष अढाई करोड नयाँ रोजगारी आवश्यक छ ।
पछिल्ला केही महिनामा ५ देखि ६ कम्पनीबाट ५६ हजार कर्मचारीलाई निकालिएकोमा अर्थशास्त्री र श्रमिक संगठनले चिन्ता व्यक्त गरेका छन् ।
आइटी क्षेत्रको व्यापार समूह न्यासकमको भनाई छ, विपरित परिस्थितिको वावजुद आइटी एक मात्र क्षेत्र हो जसले सबैभन्दा धेरै रोजगारी सृजना गरेको छ ।
न्यासकमका अध्यक्ष चन्द्रशेखरका अनुसार सन् २०१६–१७ मा यस क्षेत्रमा १.७ लाख नयाँ रोजगारी सृजना गरेको छ ।
उनका अनुसार रोजगारी गुमाउनेहरुसँग सीप नभएका कारण निकालिएको दाबी गर्छन् ।
आर्थिक मामिलाका जानकार पत्रकार एम के वेणुका अनुसार भाजपाको सरकार आएपछि कूल ग्राहस्थ्य उत्पादनमा काफी गिरावाट आएको छ ।
उनी भन्छन्, ‘युपीएको दौरमा विकास दर ८.५ प्रतिशत थियो । तर, यो विकासले पनि कम रोजगारी सृजना गरिरहेको थियो । अहिले मोदी राजमा ७ प्रतिशत विकास दर भएको दाबी गरिए पनि त्यो छ प्रतिशतभन्दा कम हुने आँकलिन गरिएको छ ।’
वेणुका अनुसार औद्योगिकक उत्पादनको सवालमा पनि एक प्रतिशतको कमी देखिएको छ । त्यसमाथि पनि नोटबन्दीको मारको बेरोजगारीको प्रमुख कारण हो । सरकारले स्वीकार गरे पनि अस्वीकार गरेपनि नोटबन्दीको कारण रोजगारी घटेको छ ।
वेणुका अनुसार युपीएको कार्यकालको दौरान औद्योगिक उत्पादनको दर ३ देखि ३.५ प्रतिशतको आसपास थियो, यो अहिले २ देखि २.५ आसपास छ ।
के भन्छन् श्रमिक संगठन ?
संघ परिवारसँग सम्बन्ध भारतीय मजदुर संघ यानी बिएमएसका अध्यक्ष ब्रिजेस उपाध्याय भन्छन्, ‘जुन आर्थिक नीतिको मोडल तयार गरिएको छ, यो पूँजीवादी छ । अहिलेको बेरोजगारीको को हालत मौजूदा आर्थिक ढाँचाको परिणाम हो । पूँजीवाद र वजारवादले खुट्टा जमाएको छ । यसले पूँजीवादीहरुलाई लाभ भइरहेको र बजारलाई पनि लाभ भइरहेको छ । बाँकीको हातमा केही पर्न सकेको छैन ।’
उनका अनुसार भारतको रोजगारीको पारम्परिक स्रोत कृषि भए पनि त्यसमा कसैले ध्यान दिएको छैन । एक समय आइटी क्षेत्रमा ठूलो बृद्धि देखिएको थियो तर अहिले भारी गिरावट आइरहेको छ । उनीहरुको भरोसामा ठूलो रोजगारी सृजना गर्न सकिन्न ।
मजदुर नेता तथा सेन्टर फर इन्डियन ट्रड युनियनका अर्थ सेन भन्छन्, ‘पछिल्ला वर्षमा विदेशबाट जति पूँजी निवेश भएको छ, त्यो मात्र भारतीय कम्पनीहरुको सेयर किन्नका लागि भएको छ । पछिल्लो तीन वर्षमा एउटा पनि ग्रीनफिल्ड परियोजना भारमा आएन ।’
बेरोजगारी बढेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् कि मन्त्रायहरुले नयाँ योजना मन्त्रिमण्डलमा स्वीकृतिका लागि पठाइरहेका छन् । मन्त्रालयहरुले हरेक योजनाबाट कति रोजगारी सृजना हुन्छ भन्ने जानकारी दिनुपर्छ ।
वाणिज्य तथा उद्योगमन्त्री निर्मल सीतारमणका अनुसार प्रधानमन्त्री मोदीले हरेक बैठकमा नयाँ योजनाबाट कति योजना सृजना हुँदैछ भनेर सोध्ने गरेका छन् ।
यसको साथै भाजपाको नेतृत्व रहेको राज्यमा रोजगारी सृजना गर्ने कदम लिन निर्देशन दिएका छन् । बिबिसीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण