शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रहरी सवार गाडी दुर्घटनामा जवानको मृत्यु

मङ्गलबार, ०९ जेठ २०७४, १४ : १३
मङ्गलबार, ०९ जेठ २०७४

सुर्खेत, ९ जेठ । कालीकोटबाट सुर्खेत आउँदै गरेको प्रहरी सवार गाडी दुर्घटना हुँदा रुकुम घर भएकी प्रहरी जवान तारा चन्दको मृत्यु भएको छ भने २५ प्रहरी घाइते भएका छन् ।

सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर– १४ साउनेपानीमा ना १ ग४७६ नं को मिनी जिप आज बिहान सडकबाट अन्दाजी २०० मि तल खसेको ट्राफिक प्रहरी चौकी छेडाका ट्राफिक प्रहरी गोपाल बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार जिप अनियन्त्रित हुँदा दुर्घटना भएको हो । घाइतेको वीरेन्द्रनगरको देउती अस्पताल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप