शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ललितपुरको मतगणना अबरुद्ध, एमालेले लगायो यस्तो आरोप

मङ्गलबार, ०९ जेठ २०७४, १४ : ३६
मङ्गलबार, ०९ जेठ २०७४

काठमाडौं, जेठ ९–ललितपुर महानगरपालिकाको मतगणना अबरुद्ध बनेको छ । २९ वडाको मात्रै मत गन्न बाँकी रहेको अवस्थामा नेकपा एमालेका प्रतिनिधिले बडा नम्बर ४,८ र ९ को मतपेटिकामा निर्वाचन आयोगका कर्मचारी सुरेश थापाले तलमाथि गरेको आरोप लगाउँदै विरोध जनाएपछि मतगणना अबरुद्ध बनेको हो ।

एमाले कार्यकर्ताले तीन वडाको पुनः मतगणना हुनुपर्नेमा माग राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार ललितपुरमा झिनो मतअन्तरले कांग्रेस अगाडि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप