मतपेटिकाको विजोग : डस्टबिन बन्यो उम्मेदवारको ‘भाग्यविधाता’ (फोटोफिचर)
मङ्गलबार, ०९ जेठ २०७४, १४ : ४०
विजु महर्जन
काठमाडौँ, जेठ ९ – पहिलो स्थानीय तहको निर्वाचनमा प्रयोग भएका मतपेटिका मतगणना नसकिँदै डस्टबिनमा परिणत भएको छ ।
काठमाडौँ महानगरको मतगणना जारी रहँदा विभिन्न वडाको मतगणना सकिएका मतपेटिकालाई निर्वाचन आयोगका कर्मचारीको लापरवाहीका कारण निकै खराब हालतमा राखिएको हो ।
दोस्रो चरणको निर्वाचन बाँकी नै छँदा ति मतपटेकाहरुलाई पुनः प्रयोग गर्न मिल्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा बताउँछन् ।
तर, काठमाडौँ महानगरको मतगणना भइरहेको स्थल सभागृह पुग्ने हो भने मतपेटिकाहरु यत्रतत्र छरिएको पाउन सकिन्छ । केहीमा फोहोर हालेर डस्टबिननै बनाइएको छ ।
शर्मा भन्छन्, ‘हामीले त्यही मतपेटिकालाई पुनः प्रयोग गर्ने हो । त्यहाँको कर्मचारीको लापरवाहीका कारण त्यसो भएको हुनुपर्छ । मतगणना भइरहेको हुँदा कमजोरी भएको हुनसक्छ । त्यसको उचित व्यवस्थापन हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण