शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय तह थप्ने निर्णयको पत्र पाएका छैनौं : आयोग

मङ्गलबार, ०९ जेठ २०७४, १५ : ०५
मङ्गलबार, ०९ जेठ २०७४

काठमाडौ, जेठ ९ – निर्वाचन आयोगले स्थानीय तहको संख्या बढाउने सरकारी निर्णयबारे आफूलाई औपचारिक जानकारी नआएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मंगलबार दिउँसो २ः३० बजेसम्म त्यसवारे औपचारिक पत्र आयोगलाई प्राप्त भएको छैन । सोमबार सरकारले २२ वटा स्थानीय तह बढाउने निर्णय गरेको थियो । सरकारी निर्णयपछि दोस्रो चरणको निर्वाचनबारे रातोपाटीको जिज्ञासामा प्रवक्ता शर्माले संक्षिप्त प्रतिकृया दिँदै भने ‘अहिलेसम्म सरकारले हामीलाई कुनै जानकारी दिएको छैन, त्यो जानकारी नै नभई थपिएका स्थानीय तहको निर्वाचन गर्न सक्ने नसक्ने भनेर कसरी भन्नु ? अहिल्यै भन्दा हतार पनि होला । ’ उनल प्रकृया पुरा गर्न समय लागेकाले ढिलाई भएको हुन सक्ने अनुमान लगाए । सरकारले मधेसवादी दलको माग पुरा गर्न भन्दै मधेसका १२ जिल्लामा स्थानीय तहको संख्या बढाएको जनाएको छ । सरकारको यो निर्णयपछि आयोगले थपिएका तहमा जेठ ३१ मै निर्वाचन गर्न सक्ने वा नसक्ने भन्ने अड्कलबाजी भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप