शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

मङ्गलबार, ०९ जेठ २०७४, १५ : २६
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौ, जेठ ९– सरकारले बाणिज्य मन्त्रालय अन्तर्गत मिडिया तथा प्रवद्धन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रवद्धन केन्द्रमा राणा र राष्ट्रिय समाचार समितिको महाप्रवन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै आजको मन्त्रिपरिषद बैठकले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न चिनियाँ कम्पनीलाई अनुमति दिने सम्झौता गर्न अर्थमन्त्रालयलाई अनुमति दिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आजै तीन बजे संसदमा बिशेष सम्बोधन गर्ने निर्णय भएको पनि कार्कीले बताए । मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री तथा मन्त्रीहरुले बालुवाटारमा सामुहिक तस्बिर समेत खिचाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप