नखुलेको पाटोः रेणु दाहाल प्रचण्डपुत्री, विद्यासुन्दर को ?
काठमाडौं, जेठ ९– स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा चितवनको भरतपुर महानगरपालिका चर्चाको विषय बनेको छ ।
नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनमा भरतपुर महानगरपालिकामा संयुक्त उम्देवारी परे पनि एमालेका प्रत्यासी देवी ज्ञवालीले अग्रता लिएपछि भरतपुर महानगरपालिकाको निर्वाचन निकै रोचक बनेको छ ।
काँग्रेस–माओवादी गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाल भरतपुर महानगरको मेयरको प्रत्यासी भएकाले झनै चर्चाको विषय बनेको छ । माओवादी जनयुद्धदेखि नै माओवादी आन्दोलनमा सक्रिय रेणुको नाम उनका पिता प्रचण्डसँग मात्रै जोडिएर आउने गरेको छ ।
रेणु आफैमा माओवादी आन्दोलनसँग जोडिएको एउटा पात्र भए पनि प्रचण्डपुत्रीका रुपमा चर्चा परिचर्चा गर्ने गरिएको छ । प्रचण्ड परिवारका रुपमा मात्रै रेणुको चर्चा परिचर्चा भइरहँदा काठमाडौं महानगरपालिकामा एमालेका मेयरका प्रत्यासी विद्यासुन्दर शाक्यको पारिवारिक पृष्ठभूमिकाबारेमा भने चर्चा गरिएका छैनन् । जो, काठमाडौं महानगरपालिकामा सबैलाई ‘लिड’ गरिरहेका छन् ।
को हुन् विद्यासुन्दर
एमालेले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार शाक्य एमाले काठमाडौं जिल्ला कमिटीका सचिव हुन् । २०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगर २१ का वडाअध्यक्ष निर्वाचित भएका शाक्य ०५४ सालमा पनि वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
२०३६ सालको आन्दोलनका समयदेखि राजनीतिमा सक्रिय ५४ वर्षीय शाक्य प्रजातान्त्रिक राष्ट्रिय युवा संघका काठमाडौं जिल्ला कमिटीको संस्थापक कोषाध्यक्ष पनि हुन् ।
काठमाडौं लगनटोलका शाक्यले त्रिपुरेश्वरको विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालय तहको अध्ययन पूरा गर्नुका साथै शंकरदेव क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गरेका हुन् । काठमाडौँको नेवारी समूदायमा जन्मि–हुर्किएका शाक्य ०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि एमालेको युवा संगठनको कोषाध्यक्ष चुनिएका थिए ।
भरतपुरमा एमाले उम्मेदवार देवी ज्ञवालीसँग कडा प्रतिपष्र्धा भएको रेणुको नाता सम्बन्धको ब्यापक चर्चा भइरहँदा करिब करिब जितको नजिक पुगेका काठमाडौं महानगरमा मेयरका एमाले उम्मेदवार विद्यासुन्दरको पारिवारिक पृष्ठभूमिको कहिँकतै चर्चा भएको छैन ।
लामो समय एमाले राजनीतिमा सक्रिय शाक्य एमाले अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यका भाइ हुन् । ओलीपत्नीका भाइ विद्यासुन्दर नाता सम्बन्धमा ओलीका सालो हुन् । सामाजिक सञ्जालहरुमा विद्यासुन्दर ओलीका सालो हुन् भनेर चर्चा गरिए पनि आमसञ्चार माध्याममा ओलीका सालो विद्या सुन्दर भनेर चर्चा गरिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण