शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

संसद बैठक पाँच बजेका लागि सर्यो, एमालेलाई मनाउने प्रयास जारी

मङ्गलबार, ०९ जेठ २०७४, १६ : ५७
मङ्गलबार, ०९ जेठ २०७४

काठमाडौ जेठ ९–एकैदिनमा आज व्यवस्थापिका संसदको बैठक तीन पटक सरेको छ । विहान १ बजे बोलाइएको बैठक तीन वजेको लागि सारेको थियो भने अहिले पुनः पाँच वजेका लागि सूचना टाँस गरि सारिएको छ । मन्त्रीपरिषद्को बैठक बस्नुपर्ने भएकाले एकवजेको बैठक ३ बजेका लागि सारिएको थियो । तर तीन वजेको बैठकलाई एमालेले अवरोध गर्ने जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डले बानेश्वरस्थित आफ्नै कक्षमा तीन दलको शीर्ष नेताहरुहरुसँग छलफल गर्न लाग्दा तीन वजेको बैठक पाँच वजेका लागि सारिएको छ ।

शीर्ष नेताहरुको बीचमा छलफल जारी छ । यद्यपी सो छलफलमा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका छैनन् । उनी बैठक चल्दै गर्दा पार्टीको पत्रकार सम्मेलमा देखिएका थिए । संसद अवरुद्ध नगर्न एमालेलाई मनाउने प्रयास जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप