चार दिन बित्दा पनि चाँगुनारायण नगरपालिकाको मतगणना अन्योलमा
भक्तपुर, ९ जेठ । चार दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना पुनःसञ्चालन गर्न आज बसेको सर्वपक्षीय बैठकबिना निष्कर्षमा टुङ्गिएपछि चाँगुनारायण नगरपालिकाको मतगणना अझै अन्योलमा छ ।
निर्वाचन अधिकृतको कार्यालय चाँगुनारायणका अनुसार निर्वाचन आयोगले पठाएको निर्देशनानुसार मतगणना प्रक्रिया पुनःसञ्चालन गर्नका लागि आज बसेको सर्वपक्षीय बैठकमा सहमति हुन नसकेपछि अझै मतगणना सुरु हुन नसकेको हो ।
प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा, प्रअिज द्रोण पोखरेल, सबै दलका उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा आज चार घन्टा लामो छलफल भए पनि सहमति नभएको कार्यालयले जनाएको छ । गत शुक्रबार वडा नं ४ को मतगणना सम्पन्न गरी मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा कर्मचारीले मतगणना पारदर्शी नभएको र नेकपा(एमाले)को उम्मेदवारलाई मत थप गरेर जोडेको भन्दै एमालेबाहेकका अन्य दलले विरोध गरेपछि मतगणना रोकिएको थियो ।
निर्वाचन आयोगले सोमबार साँझ वडा नं १ र २ का हकमा पुन मतगणना हुन नसक्ने तर ३ र ४ का हकमा भने दलको सहमतिमा पुनःमतगणना गर्न सकिने भन्दै पत्र पठाएपछि आज बसेको बैठकमा दलबीच सहमति हुन नसकेको हो ।
आजको बैठकमा पनि एमालेबाहेकका दलले वडा नं ३ र ४ को मतगणना पुनः गर्नुपर्ने पुरानै मागमा अडान लिएको र एमालेले पुनः मतगणना गर्दा वडा नं १ देखि नै गर्नुपर्ने नत्र ३ र ४ मात्रै गन्न नदिने अडान लिएपछि चार घन्टा लामो छलफल निष्कर्षमा नपुगेको दलका प्रतिनिधिले जानकारी दिएका छन् । प्रजिअ द्रोण पोखरेलले दलबीच सहमतिको प्रयास जारी रहेको र आजै पनि पुन: छलफल हुन सक्ने बताउनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण