काँग्रेसको सशस्त्र विद्रोहमा होमिएका कामी बुढालाई शहीद घोषणा
मङ्गलबार, ०९ जेठ २०७४, १७ : १८
काठमाडौं, जेठ ९– सरकारले २००७ सालको काँग्रेसको सशस्त्र विद्रोहमा मारिएका रुकुमका कामी बुढालाई शहीद घोषणा गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बुढालाई शहीद घोषणा गरेको हो ।
००७ सालको काँग्रेसको सशस्त्र विद्रोहमा होमिएका बुढा वि.सं. २०१० सालमा मारिएका थिए । ००७ सालमा उनी डा. केआई सिंह नेतृत्वको मुक्ति सेनामा संलग्न थिए ।
केआई सिंह पक्राउ परेपछि बुढा कम्युनिष्ट आन्दोलनमा लागेका थिए । किसान आन्दोलनमा पनि सक्रिय उनी त्यतिबेला शेरसिंह नामले चिनिन्थे ।
२००९ सालमा हुम्लाबाट पक्राउ परेका बुढाको २०१० सालमा दशैंको फूलपातीका दिन हत्या भएको थियो । कम्युनिष्ट आन्दोलनमा लागेकै आरोपमा तत्कालिन सरकारले पक्राउ गरी बुढाको हत्या गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण