स्थानीय तह थपिएपनि चुनाव रोकिदैन : प्रमुख निर्वाचन आयुक्त
मङ्गलबार, ०९ जेठ २०७४, १७ : ३६
काठमाडौ, जेठ ९ – प्रमुख निर्वाचन आयुक्त डा. आयोधिप्रसाद यादवले जेठ ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु आफ्नो दायित्व भएको बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको संख्या थप गरिए पनि तोकिएकै मितिमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नैपर्ने राष्ट्रिय कार्यभार भएको पनि स्पष्ट पारेका छन् ।
मंगलबार विराटनगरका स्थानीय संचारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहको संख्या थप गरेसँगै मतदाता नामावली संकलन गर्ने चुनौति आईपरेको पनि उल्लेख गरेका छन् । सरकारले तराई÷मधेशका १९ जिल्लामा २२ वटा स्थानीय तहको संख्या थप गरेको छ । थपिएको स्थानीय तहमा मतदाता नामावली संकलनको काम तत्काल सुरु गर्ने पनि प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए ।
निर्वाचन आयोगले स्थानीय तहको संख्या थप गरेसँगै निर्वाचन केन्द्र समेत थप गर्नुपर्ने चुनौति पनि थपिएको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण