शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विश्व बैंकले भन्योः नेपालको आर्थिक वृद्धिदर मध्यमस्तरको

मङ्गलबार, ०९ जेठ २०७४, १७ : ४०
मङ्गलबार, ०९ जेठ २०७४

काठमाडौं, जेठ ९–विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर मध्यमस्तरको रहेको जनाएको छ ।

विश्व बैंकले विगत ४५ वर्षयता नेपालको आर्थिक वृद्धिदर मध्यमस्तरको रहेको अध्यययन प्रतिवेदन सार्वजनिक गरेको हो । मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको प्रतिवेदनमा लगानी मैंत्री ऐन÷कानुनको अभावमा नेपालका आर्थिक वृद्धिदर तीव्र गतिमा अघि बढन नसकेको निष्कर्ष पनि निकालिएको छ । विश्व बैंकले उत्पादनमूलक क्षेत्रको अवस्था राम्रो हुन नसकेका कारण पनि नेपालको आर्थिक वृद्धिदर उन्नतस्तरमा जान नसकेको स्पष्ट पारेको छ ।

प्रतिवेदनमा नेपालले गरिवी निवारणको क्षेत्रमा भने सफलता हात परेको उल्लेख गरिएको छ । सशष्त्र द्धन्द्धका कारण धेरै मानिसहरुको बसाई सराई सहरी क्षेत्रमा भएकाले करको दायरा बढन गएको र राजस्वमा वृद्धि हुन गएको पनि बैंकले जनाएको छ । विश्व बैंकका वरिष्ठ अर्थविद् डामिर कोसिकले नेपालले रोजगारीको अवसर सृजना गर्ने काममा भने विशेष ध्यान दिनुपर्नेमा जोड दिए । बैंकले युवाहरुलाई रोजगार दिन युवा प्रशिक्षण कार्यक्रममा ध्यान दिन पनि नेपाल सरकारलाई सुझाव दिएको छ । विश्व बैंकले नेपालको जलविद्युत क्षेत्रमा अन्तराष्ट्रिय लगानी भित्रयाउन सके आर्थिक वृद्धिदर तीव्र गतिमा अघि बढने विश्वास पनि व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप