संसद खुलाउने प्रयास जारी, सभामुखसहितको तीन दलको बैठक नयाँ वानेश्वरमा
मङ्गलबार, ०९ जेठ २०७४, १७ : ५५
काठमाडौं, जेठ ९– पटक–पटक स्थगित हुँदै साँझ ५ बजेको लागि तय गरिएको व्यवस्थापिका संसदको बैठक अझैं बस्न सकेको छैन ।
स्थानीय तह संख्या थपिएको बिरोधमा नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्ने तयारी गरेपछि संसद बैठक बस्न ढिलाई भएको हो ।
संसद खुलाउने प्रयासस्वरुप अहिले सभामुख ओनसरी घर्तीसहित प्रमुख दलका शीर्ष नेताहरुको बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।
सभामुखको कार्यकक्षमा जारी उक्त बैठकमा संसद खुलाउने विषयमा छलफल केन्द्रीत रहेको र छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत सहभागिता रहेको छ ।
यसअघि संसद भवनमै तीन दलका नेताहरुको बैठक बसेको भएपनि सहमति जुट्न नसकेपनि सभामुखकै पहलमा शीर्ष बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण