‘कोबेल्कोको एसके २२० एक्सडीएलसी’ एक्स्क्याभेटर नेपालमा
मङ्गलबार, ०९ जेठ २०७४, १८ : ३६
काठमाडौं, जेठ ९ – नविनतम प्रविधियुक्त जापानी प्रविधिमा निर्मित २१ टन क्षमताको ‘कोबेल्को एसके २२० एक्सडी’ मेडेलको एक्स्क्याभेटर नेपालमा पहिलो पटक ल्याइएको छ । विश्व प्रसिद्ध कोबेल्को ब्राण्ड एक्स्क्याभेटरका अधिकृत आयात कर्ता पूजा कन्स्ट्रक्सन नेपालले उपलब्ध गराएको हो ।
राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा एक कार्यक्रम आयोजना गरी कम्पनीले उक्त जानाकारी दिइएको हो । नेपालको भुगोल परिबेशलाई उपयुक्त हुने गरी ल्याइएको उक्त एक्स्क्याभेटर चुनौतिपुर्ण प्रयोगलाई ध्यानमा राखी डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अत्यन्त विषम अवस्थितिमा समेत कार्य गर्न सक्षम उक्त मेशिन अत्यन्त शक्तिशाली तथा उच्च उत्पादकत्वयुक्त भएको जनाएको छ ।
पछिल्लो पुस्तालाई मध्यनजर गरेर आएको उक्त मेशिन जापनी प्रविधि अन्तर्गत भारतको श्री सहरमा उत्पादन गरिन्छ । ‘नेपालमा बिक्रि हुदै आएको मेशिन ७० प्रतिशत मेशिन ब्रेकर अपरेशनमा प्रयोग भएको तथ्यांक पाइन्छ’ पुजा कन्स्ट्रक्सन नेपाल प्रालिका सीइओ बिबेक बिजक्छेले भने, ‘इच्छुक कम्पनीहरुलाई एलसी खोली सिधै भारतबाट खरीद गर्न सकिने वैकल्पिक सुविधा पनि दिएको छ ।’ मेशिनलाई सुचारु रुपमा पार्टपुर्जा तथा खरीदपछिको सेवा उपलब्ध गराइने प्रत्याभुति समेत कम्पनीले दिएको उनले बताए ।
मेशिनको मुल्य ९७ लाख रुपैया रहेपनि दीर्घकालिन प्रयोगमा यसले इन्धनको खपतमा मितव्ययीता रहेकोले वार्षिक १२ लाख रुपैया बचत अपेक्षा रहेको कम्पनीको दाबी छ । अन्य ब्राण्डका मेशिनले प्रतिघण्टा १७/ १८ लिटर डिजल खपत गर्ने सन्दर्भमा ‘एसके २२० एक्सडी’ले प्रतिघन्टा ११/ १२ लिटर मात्र डीजल खपत गर्ने भएकोले आफ्नो वर्गको सर्वश्रेष्ठ रहेको जनाएको छ ।
जापानी प्रविधिमा आधारित नविनतम प्राविधिक विशेषताले युक्त लामो समय टिकाउपुर्ण सञ्चालनमा सहज, समस्या रहित रहेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय विकास निर्माणको गति बढेसँगै नेपालमा एक्स्क्याभेटर बिक्रि सँख्या ह्वातै बढेको देखिन्छ । पछिल्लो ३ वर्षमा मात्रै ३ सयभन्दा बढि एक्स्क्याभेटर विक्रि भएको छ । सडकदेखि कृषि, सिमेन्ट उद्योग लगायत निर्माणका अधिकांश क्षेत्रमा एक्स्क्याभेटरको प्रयोग भएको पाइन्छ । विस्वस्तरीय कोबेल्कोको १० औं पुस्ताको एसके २२० एक्सडीले कम्पनीको विस्वसनियतालाई अझै मजबुत बनाउने कम्पनीको दाबी छ ।
कोबेल्को कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिका कार्यकारी निर्देशक यातुका गोतोका अनुसार उक्त मेशिनले नेपालको विकासलाई थप मुल्य प्रदान गर्ने तथा गति दिने बताए । हाल नेपाल र भारतमा ७ हजार कोबेल्को एस्क्याभेटर कार्यक्षेत्रमा परिचालित भएको आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । विज्ञप्ति अनुसार अधिकांश मेशिनहरु २० हजार घन्टा भन्दा बढि समयसम्म चलेको जनाएको छ ।
विशाल ग्रुपको भगिनी संस्था तथा केबेल्को कन्सट्रक्सन मेसिनरीका लागि नेपालको अधिकृत एकल विक्रेता पुजा कन्स्ट्रक्सन प्रालिले ग्राहकलाई केबेल्को मेशिन र यसका पार्टपुर्जा उपलब्ध गराउन तथा विक्रि पछिको सेवा प्रादन गर्ने जनाइएको छ । देशका विभिन्न स्थान पोखरा, इटहरि, नेपालगञ्ज, बुटवल लगायत क्षेत्रमा सेवाकेन्द्र राखेर ग्राहकहरुमा समर्पित रहेको समेत कम्पनीले दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण