तामाङ महिलाले पहिलो पटक गरें सगरमाथा आरोहण
मङ्गलबार, ०९ जेठ २०७४, १८ : ५७
काठमाडौँ, जेठ ९ – तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गरेकी छिन् । सिन्धुपाल्चोककी तामाङले यही जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् ।
आज आयोजित पत्रकार सम्मेलनमा तामाङले मानव बेचबिखन र खेलकुदजगत्मा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पुर्याउने उद्देश्यले आफू सगरमाथा चढेको बताए ।
फर्किंदा आफ्नो ‘अक्सिजन सिलिन्डर’ चोरिएका कारण धेरै समस्या भए पनि आफ्नो टोलीका प्रमुख पेम्बादोर्जे शेर्पाको सहयोगका कारण सकुशल आउन सफल भएको अनुभव सुनाए ।
आरोहणका क्रममा धेरैपटक अप्ठेरो परे पनि आफ्नो समुदाय र उद्देश्यलाई सार्थकता दिन ३२ दिनको यात्रापछि चुचुरोमा पुगी फर्किएर आएको जानकारी दिए । तामाङको टोलीप्रमुख रहेका १६ पटक सगरमाथको आरोहण गरेर चारओटा विश्व कीर्तिमान कायम गरेका शेर्पाले तामाङ समुदायबाट कान्छीमाया तामाङले सगरमाथा चढेपछि सो समुदायका अन्य महिलाका लागि पनि आरोहणका लागि बाटो खुलेको बताए ।
युएन ओमन, नागरिक समाजका सदस्य डा गणेश गुरुङले आरोही तामाङ सगरमाथा चढ्ने भन्दै आएपछि आफूले सहयोगका लागि ‘युएन ओमन’को सम्पर्कमा लगिदिएपछि त्यसले अहिले सार्थकता पाएको भन्दै खुसी व्यक्त गरे ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालको पहिचान नै हिमाल भएकाले त्यसको संरक्षण र संवद्र्धनमा राज्यले विशेष चासो दिनुपर्ने धारणा राखे । ‘युएन ओमन’ लगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा उनले सगरमाथा आरोहण गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण