शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ, निर्वाचन आयोगले दिएको स्थानीय तह निर्वाचनको परिणाम

मङ्गलबार, ०९ जेठ २०७४, १९ : ०५
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा १२ हजार ५ सय ६३ प्रतिनिधि निर्वाचित भएको जनाएको छ । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबार विज्ञप्ति जारी गरी स्थानीय तहको पहिलो चरणमा भएको निर्वाचनको अहिलेसम्मको परिणाम सार्वजनिक गरेको हो । आयोगका अनुसार २८३ स्थानीय तह मध्ये अहिलेसम्म २७० स्थानीय तहको मतगणना कार्य समाप्त भइ उम्मेदवारहरुको विवरण प्राप्त भएको छ । १३ वटा स्थानीय तहको विवरण प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नगरप्रमुख वा अध्यक्ष २७०, उपाध्यक्ष वा उपप्रमुख २७०, वडाध्यष २ हजार ४३२, वडा सदस्य ४ हजार ८५६, महिला सदस्य २ हजार ४२७ र दलित महिला सदस्य २ हजार ३०८ जना निर्वाचन भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप