शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कसुर गर्न कसिए करण र मनिषा

मङ्गलबार, ०९ जेठ २०७४, १९ : ५७
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९ – निर्माता समेत रहेका कलाकार करण श्रेष्ठ ‘क्रेजी’ले नव अभिनेत्री मनिषा लामासँग रोमान्स गर्ने भएकी छन् । छायाँकन तयारीमा रहेको चलचित्र ‘कसुर’ यी दुबैको रोमान्समा बन्न लागेको हो । करणले चलचित्र, हाँस्य श्रृखला तथा म्युजिक भिडियोमा राम्रै अभिनय देखाइ सकेका छन् भने मनिषाले यसै चलचित्र मार्फत अभिनयमा डेब्यु गर्न लागेकी हुन् । मनिषासँग मिस तामाङ सौदर्य प्रतियोगीताको अनुभव छ । के. आर. फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘कसुर’राजेश खड्गीले निर्माण गर्न लागेका हुन् । सोम कुस्मु माझीले निर्देशन गर्ने चलचित्रको काठमाडौ, पोखरा लगायतको स्थानमा छायाँनक गरिने निर्देशक माझीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप