शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हाँस्य जोडी महलाई ‘लाइफटाईम एचिभमेन्ट अवार्ड

मङ्गलबार, ०९ जेठ २०७४, २० : ०३
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९ – ‘पाँचौ इनास अवार्ड २०७४’ राजधानीमा आयोजना गरिने भएको छ । बिभिन्न देशमा आयोजना हँुदै आएको यो अवार्ड यस बर्ष राजधानी काठमाडौमा हुन लागेको हो । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले एक बिज्ञाप्ती मार्फत २७ असोज (अर्थात १३ अक्टुबर)मा आयोजना हुने जानकारी दिएको छ । अवार्डमा संस्कृतिविद सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे, चलचित्रकर्मी चेतन कार्की, गायक प्रेमध्वज प्रधान, नृत्यांगना विमला श्रेष्ठलाई ‘इनास विशिष्ट सम्मान’प्रदान गर्ने भएको छ । जीवन नै संस्कृति र कला–साहित्यमा ब्यतित गरेको योगदानको कदर गर्दै यो सम्मान दिन लागेको हो । यस पटकको अवार्ड आयोजना जिम्मा अन्तरा इन्टरनेशनलले लिएको छ । अवार्डमा हाँस्य कलाकार मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘लाइफटाईम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप