प्रतिबन्धित भारतीय रुपैयाँ ओसारपसार गर्ने दुई भारतीय पक्राउ
मङ्गलबार, ०९ जेठ २०७४, २० : ४०
काठमाडौँ, जेठ ९ – प्रतिबन्धित ५०० र एक हजार दरका ५० लाख ५० हजार भारतीय रुपैयाँसहित ओसार पसार गर्ने गिरोहका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत हरियाणा घर भई बुढानीलकण्ठ नगरपालिका–२ बस्ने किरण बर्मा भन्ने किरणकुमार सोनी र अनिलकुमार सोनीलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
हाल भारतले प्रतिबन्ध लगाएको भारु पाँचसय र एक हजारका नोटहरू विभिन्न नाकाहरू हुँदै अवैध तरिकाले नेपालमा भित्राई काठमाडौँलगायत विभिन्न स्थानहरूमा कारोबार भइरहेको सुराकीका आधारमा ब्युरोबाट अनुसन्धानमा खटिएको प्रहरीले किरणकुमारको डेराबाट सो रकम बरामद गरेको हो ।
कोठाबाट पाँचसय दरका दुई हजार ६०० थान तथा एक हजार दरका तीन हजार ७५० थान गरी जम्मा ५० लाख ५० हजार भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि ब्युरोले मङ्गलबार राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरमा बुझाएको छ ।
यसैगरी ब्युरोले संरक्षित वन्यजन्तु बाघको छाला र सालकको खपटासहित छ जनालाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत दार्जिलिङका फुर्चुङ भोटिया, सङ्खुवासभा चेपुवा गाविस–५ बस्ने जुप्प लेण्डुक भोटे, खोटाङ कुभिण्डे गाविस बस्ने दिवश राई, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–१ बस्ने साजन बस्नेत, रामेछाप भिरपानी गाविस बस्ने अभिमन्यु खत्री र म्याग्दी बरङ्जा गाविस–१ बस्ने भरत सापकोटा रहेका छन् ।
संरक्षित वन्यजन्तु सालकको खपटा ४४ केजीसहित काठमाडौँको चावहिलबाट तथा संरक्षित वन्यजन्तु वाघको छाला एक थानसहित कलङ्कीबाट उनीहरूले प्रयोग गरेका को।२४ प १२५७ नम्बर र बा।६४ प ३३५८ नम्बरका पल्सर मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण