शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैंकर श्रेष्ठ महिला उद्यमी विकास समितिको उपसभापतिमा मनोनित

मङ्गलबार, ०९ जेठ २०७४, २० : ५७
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौँ, जेठ ९ – नेपाल उद्योग बाणिज्य महासंघले महिला उद्यमी विकास समितिको उपसभापतिमा बैंकर रविना देशराज श्रेष्ठलाई मनोनित गरेको छ । महासंघकी कार्यकारिणी समितिकी सदस्य कमला श्रेष्ठ सभापति रहने गरी बैंकर श्रेष्ठलाई उपसभापति मनोनित गरिएको हो । बैंकर श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत हुन् । साँढे दुई दशक लामो बैंकिङ करिअरका क्रममा महिला उद्यमीहरुलाई पुर्याएको योगदान बापत उनीलाई उपसभापति मनोनित गरिएको महासंघले जनाएको छ । जेठ ७ गते मनोनित गरे पनि बैंकर श्रेष्ठले मंगलबार मात्रै पत्र बुझ्नु भयो । उपसभापतिमा मनोनित गरेको पत्र बुझेपछि निकै खुसी लागेको बैंकर श्रेष्ठले प्रतिक्रिया दिइन् । आगामी दिनमा महिला उद्यमीहरुको सशक्तिकरण र थप व्यवसायिक बनाउन सक्दो योगदान पुर्याउने उनीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप