शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्लोबल आइएमई बैंकको शाखा रहित बैंकिङ्ग सेवा कालीकोटमा

मङ्गलबार, ०९ जेठ २०७४, २१ : २७
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९ – ग्लोबल आइएमई बैंकले सक्षम ‘एक्सेस टु फाइनान्स’ कार्यक्रमको सहकार्यमा कालीकोट जिल्लामा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालीका वडा नं २ मा सेवा सुरु गरिएको हो । ग्लोबल आईएमई बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले व्यवसायीक प्रतिनिधिलाई मेसिन हस्तान्तरण गरेर उक्त सेवाको उद्घाटन गरेका थिए । बैंकले खाँडाचक्र नगरपालीका वडा नं २ सुरु गरेको सेवा सञ्चालनका लागि स्थानिय कर्ण वहादुर खत्रिलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कालीकोटमा सुरु गरिएको सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४६ पुगेको छ । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा रहेका छन् । ग्लोवल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा हालसम्म ३ वटा एक्सटेन्सन काउण्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप