शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीको गाडी दुर्घटना, एक जनाको मृत्यु, नौ जनाको अवस्था गम्भीर

मङ्गलबार, ०९ जेठ २०७४, २१ : ५७
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९– सुर्खेतको वीरेन्द्रनगरपालिका–१४ स्थित लादेमा मंगलबार प्रहरीको ना. १. ग ४७६ नम्बरको वान्टन गाडी दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरी जिल्ला प्रहरी कार्यालय कालिकोटबाट सुर्खेत जाने क्रममा प्रहरीको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी रुकुम जिल्लाको वाफिकोट गाउँपालिका १० स्थायी घर भई हाल ४ नम्बर गुल्म सुर्खेतमा कार्यरत प्रहरी जवान तारक चन्दको मृत्यु भएको हो । चन्दको उपचारको क्रममा क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यु भएको हो । प्रहरी नायब निरीक्षक बसन्त बुढाथोकीसहित २४ जना प्रहरी घाइते भएकोमा नौ जनाको अवस्था गम्भीर रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले विज्ञप्ति जारी गरी घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप