शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ललितपुरको मत परिणाम भोलि विहानसम्म आउने

मङ्गलबार, ०९ जेठ २०७४, २२ : ०५
मङ्गलबार, ०९ जेठ २०७४
ललितपुर, जेठ ९– ललितपुर महानगरपालिकाको मत परिणाम बुधबार विहानसम्ममा आउने भएको छ । विवादका कारण रोकिएको गणना मंगलबार बेलुकाबाट शुरु गरिएको हो । पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसको अग्रता कायमै छ । महानगरका प्रमुख पदका उम्मेदवार काँग्रेसका चिरीबाबु महर्जनले २४ हजार ३५१ र नेकपा एमालेका हरिकृण व्यञ्जनकारले २४ हजार १०२ मत प्राप्त गरेका छन् । जम्मा २९ वडा रहेको महानगरमा २८ वटा वडाको अन्तिम परिणाम आइसकेको छ । अहिले २९ वडाको मतगणना जारी छ । यो वडामा एक हजार ४९६ मतदाता रहेकामा एक हजार ३२६ मत खसेको थियो । कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । यसअघि विवादले रोकिएको ललितपुरको मतगणना सर्वदलीय बैठक बसेर गणना थालिएको हो । एमालेले कर्मचारीको लापर्बाही भन्दै तीन वटा वडाको पुनः गणना गर्न माग गरेको थियो । तर निर्वाचन आयोगले पुनः मतगणना अस्वीकार गरी स्थगित गणना शुरु गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप