मध्यरात ललितपुरमा उदायो काँग्रेस
बुधबार, १० जेठ २०७४, ०६ : २५
-कृष्ण गिरी
जेठ १०, काठमाडौं - अन्ततः ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन मेयर पदमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३ सय २६ मतको फरकले पछि पार्दै ललितपुर
महानगरपालिकाको मेयर बन्न सफल भएका छन् ।
मंगलबार राति साढे १ बजे घोषणा गरिएको अन्तिम मतपरिणमको नतिजाअनुसार महर्जनले २४ हजार ६ सय ४२ मत पाए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत पाए ।
त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्। एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १०५४७ मत प्राप्त गरे ।
मतगणनाको सुरुमा यहाँ एमालेका व्यञ्जनकारले नै अग्रता लिइरहेका थिए। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महर्जनले वडा नम्बर ११ को गणनाबाट व्यञ्जनकारलाई पछि पारेका हुन्।
२९ वटा वडा रहेको ललितपुरमा २८ वटा वडाको मतपरिणाम आउँदा नेपाली कांग्रेसले ३४९ मतको अग्रता लिएको थियो । यसैगरी एमालेले महालक्ष्मी नगरपालिका र महांकाल गाउँपालिका जितेको छ । महालक्ष्मी नगरपालिकाको प्रमुखमा रामेश्वर श्रेष्ठ र उपप्रमुखमा निर्मला थापा तथा महांकाल गाउँपालिका अध्यक्षमा रामचन्द्र दाहाल र उपाध्यक्षमा कमला तामाङ विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण