पञ्चायतकालमा स्वतन्त्र निर्वाचित हुँदै महानगरको मेयरसम्म
बुधबार, १० जेठ २०७४, ०७ : ३७
-कृष्ण गिरी
जेठ १०, काठमाडौं - चिरीबाबु महर्जन, २०४७ सालमा काँग्रेस पार्टीमा आवद्ध भए । उनी यो भन्दा पहिला तीन पटक ३ नम्बर वडाको वडाध्यक्ष भएर काम गरीसकेका छन् ।
पंचायतकालमा दुई पटक र बहुदल कालमा एकपटक । पहिलो पटक वडाध्यक्ष हुदा ललितपुरको पाटन क्याम्पसमा विकममा पढ्दै थिए ।
उनले पुराना दिन सम्झदै भने ‘पहिलो पटक वडा अध्यक्ष हुदा क्याम्पसमा पढ्दै थिए । पंचायतमा स्वतन्त्र भएर पनि निर्वाचन जितेको हुँ ।’
‘म ललितपुर महानगरपालिकालाई समृद्ध बनाउने छु । नगरबासीहरुलाई सहज र सुलभ तरिकाले सेवा दिने छु ।’ रातोपाटीसंग कुरा गर्दै उनले भने, ‘हरदम नगरबासीको सेवामा समरप्रित रहने छु ।’
चिरीबाबु महर्जन विस २०१४ साल मंसिर १६ गते ललितपुरको पुल्चोकमा जन्मिएका हुन । २०३२ सालमा त्रिपद्धम माविबाट दोस्रो श्रेणीमा एसएलसी पास गरेका थिए । २०४२ सालमा एमकम ।
उनी ज्यापु समाजका संस्थापन सदस्य हुन । २०५९ देखी ०६३ सालसम्म ज्यापु समाजका अध्यक्ष भए । विभिन्न संघसंस्थासंग आवद्ध पनि छन् । उनी त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा प्रोजेक्ट मेनेजर भएर काम गरे ।
उनका दुई छोरी र एक छोरा छन् । छोरा अमेरीकामा मेकानीकल इन्जीनियर छन् । छोराबाट एक नाती पनि छन् ।
उनै चिरीबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा विजयी भएका छन् ।
यो पढ्नुहोस्:
चिरीबाबु महर्जन मेयर पदमा निर्वाचित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण