विदेशमा मःम बेचेर चेपाङ बालबालिकालाई सहयोग
बुधबार, १० जेठ २०७४, ०८ : ५३
रत्ननगर चितवन - अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले ।
चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको प्राकृतिक विपत्तिले मन छोयो । उनीहरुले मार्कुसलगायत केही साथीहरुलाई जम्मा गरेर तत्कालै एउटा संस्था बनाए, ‘धन्यवाद नेपाल हिल्फे ।’
उक्त संस्थामार्फत अस्ट्रियामा विशेष उत्सवका बेला मःम र समोसा बेचेर आर्थिक सङ्कलन सुरु गरे । त्यही कामबाट आएको रकमले नेपालका विभिन्न क्षेत्रमा पीडामा परेकालाई सहयोग गर्न थाले । यो क्रम आजसम्मै जारी छ । त्यो बेला भूकम्पमा ज्यान गएकाका परिवारलाई सहयोग गर्ने थियो, अब निरन्तर विपन्नलाई सहयोग गर्ने सोच बनाएको मायाँको भनाइ छ ।
मङगलबार उनीहरुले चितवनको रत्ननगरस्थित चेपाङ बालबालिकाका लागि रु तीन लाख पाँच हजारभन्दा बढीका विभिन्न सामग्री सहयोग गरेका छन् । सहयोग गर्न अस्ट्रियाबाट इलमर मुलर आफैँ आए ।
उहाँले रत्ननगरमा रहेको गाँमबेसी चेपाङ केन्द्रमा बसेर अध्ययन गर्न थालेका बालबालिकालाई दुई तह भएको १५ थान फलामे ओछ्यान र विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गरे । उक्त सामग्री रु तीन लाख पाँच हजारको रहेको स्थानीय समाजसेवी शिरलाल परियारको भनाइ छ । परियारका अनुसार आज श्ययासहित चामल, नुन, चिउरा, भूजालगायत सामग्री सहयोग गरिएको छ ।
यसअघि उनीहरुले ती बालबालिकाका लागि १०–१२ लाखबराबरको डाइनिङ हल, भान्छाकोठा निर्माण गरेका छन् भने पटकपटक खाद्यान्न सहयोग तथा लत्ताकपडा सहयोग गरेका सो क्रममा जानकारी दिइएको थियो । सामग्री हस्तान्तरणपछि इलमर मुलरले आफ्नो देशमा साथीहरु मिलेर सङ्कलन गरेको रकम ल्याएर नेपालका विपन्न चेपाङलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
इलमरले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धतासमेत जनाए । उक्त कार्यक्रमलाई लायन्स क्लब अफ चितवन सौराहा र लियो क्लब अफ चितवन सौराहाले संयोजन गरेको हो । सौराहा लायन्सकी इलेक्टेड प्रेसिडेन्ट सुजाता विष्टले विदेशमा मम र समोसा बेचेर नेपालका विपन्नलाई सहयोग गर्ने अभियानको प्रशंसा गरे ।
सो क्रममा अर्का समाजसेवी सन्तबहादुर केसीले उनीहरुका लागि रु पाँच हजार रकम सहयोगसमेत गरे । सो क्रममा सौराहा लियोका अध्यक्ष भीम अधिकारी तथा सन्तबहादुर केसीले विपन्नलाई सहयोग गर्नु आफैँमा महत्वपूर्ण भएको प्रतिक्रिया दिए ।
इलमर र मायाँ मुलर मिलेर यसअघि चितवनका कविलासस्थित चौकीडाँडा, माडी, शक्तिखोर र काभ्रेमा जस्तापाता, खाद्यान्न पनि सहयोग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण