साझा यातायात आजदेखि स्वयम्भूबाट सूर्यविनायकसम्म
बुधबार, १० जेठ २०७४, ०९ : ०१
काठमाडौँ - यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ ।
काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरेको साझा यातायातले आजदेखि भक्तपुरमा पनि आफ्नो सेवा सुरु गरेको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार बिहान छ देखि राति ९ बजेसम्म साझा यातायातले नागरिकलाई उक्त रुटमा सेवा प्रदान गर्नेछ ।
आजदेखि हरेक दिन बिहान ६ बजे देखि स्वयम्भूबाट १० वटा साझा बस छुट्नेछन् भने त्यसैगरी १० वटा बस सूर्यविनायकबाट स्वयम्भूतर्फ आउने प्रमुख पाण्डेले जानकारी दिए ।
स्वयम्भूबाट छुटेको बस कलङ्की, कालीमाटी, रत्नपार्क, पुरानो बसपार्क, थापाथली, माइतीघर, नयाँबानेश्वर, कोटेश्वर, लोकन्थली, कौशलटार, गठ्ठाघर, सल्लाघारी हँुदै सूर्यविनायक पुग्नेछ ।
भक्तपुरमा सञ्चालन गरिएको बस नयाँ नभई हाल अन्य स्थानमा सञ्चालनमा रहेका ४६ वटा बसबाट नै २० वटा त्यस रुटमा सञ्चालन गरिने भएको हो । काठमाडौँ उपत्यकाबाहिरका लागि पनि साझा यातायातले अन्य बस सञ्चालन गर्ने तयारी गरिरहेको पनि प्रमुख पाण्डेले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण