सामुदायिक वनबाट पच्चीस लाख घरधुरी लाभान्वित
बुधबार, १० जेठ २०७४, ०९ : १०
काठमाडौँ - सामुदायिक वनको प्रयोगबाट २५ लाख घरधुरी लाभान्वित भएका छन् । वन विभागले दिएको जानकारीअनुसार देशभरका २४ लाख ६१ हजार ५४९ घरधुरी लाभान्वित भएका हुन् । विभागका अनुसार एक करोड १८ लाख ४४ हजार जनताले सामुदायिक वनको प्रयोग गरेका छन् ।
विभागका सामुदायिक वन महाशाखा प्रमुख अनुज शर्माले देशभर १८ लाख १३ हजार ४७८ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको जानकारी दिनुभयो । उनले भने, “पछिल्लो समय सामुदायिक वन दर्ता गर्ने सङ्ख्यामा वृद्धि भएको छ ।”
गत वर्ष १८ हजार ६०० सामुदायिक वन रहेकामा यस वर्ष १९ हजार ३६१ सामुदायिक वन पुगेको शर्माले बताए । सामुदायिक वन हिमाल र तराईको तुलनामा मध्यपहाडी क्षेत्रमा बढी रहेको छ । नेपालमा सबैभन्दा धेरै सामुदायिक वन धादिङमा ६८१ वटा रहेका छन् भने मुस्ताङमा कुनै पनि सामुदायिक वन रहेको छैन ।
वन संरक्षण गरी मानिसको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले २०३० सालमा सिन्धुपाल्चोकको ठोकर्पा वनबाट सामुदायिक वनको सुरुवात गरिएको थियो । ठोकर्पाका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको सक्रियतामा सामुदायिक वनको सुरुवात गरिएको वन विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले त यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण