नदी उत्खननमा वैज्ञानिक प्रणाली
बुधबार, १० जेठ २०७४, ०९ : १९
भद्रपुर - झापा जिल्लामा भएका नदीबाट अगामी आर्थिक वर्षका लागि गरिने उत्खननका लागि वैज्ञानिक प्रणाली लागू गरिने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्णय गरेको छ ।
नदीको जथाभावी उत्खनन कार्यले स्थानीयवासीले विरोध मात्र होइन प्रतिकार गर्ने, महेन्द्र राजमार्गसँग जोडिएका कन्काई पुल, निन्दा पुल र विरिङ पुल खतरामा पर्न जाने, कतिपय धार्मिक महत्व एवम् पर्यटकस्थल जोखिममा पर्ने र सिँचाइका लागि प्रयोग हुने कुलो पैनी एवम् नहर सुक्न थालेपछि यस्तो निर्णय गरिएको हो ।
निर्णयले उत्खनन हुने नदीको तत्काल अवस्था अध्ययन गरी त्यसको वर्तमान सतह पत्ता लगाई पिलर गाड्ने र बर्सातको समयमा बाढीबाट बगेर आएका नदीजन्य पदार्थ थुप्रेर कति सतह बढ्यो त्यसको अवस्था पहिचान गरेर मात्र ठेक्का लगाउने निर्णयले नदीमा हुने जथाभावी दोहन रोकिने विश्वास लिइएको छ ।
बैठकले प्रमुख जिल्ला इन्जिनियर सुशील श्रेष्ठको संयोजकत्वमा एक समिति गठन भएको र सो समिति सिँचाइ विकास डिभिजन कार्यालय, जलउत्पन्न कार्यालय, जिल्ला वन कार्यालय, जनताको तटबन्धन कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
समितिले एकजना विज्ञबाट सबै नदीको नाप, नक्साङ्कन गर्ने र त्यसबाट आएको प्रतिवेदनलाई छलफलमा लगेर मात्र नदी ठेक्का लगाउने परम्परा यस वर्षदेखि थाल्ने कुराले कसैलाई पनि मर्का नपर्ने र नदीको पनि गैरकानुनी ढङ्गले हुने उत्खनन बन्द हुने विश्वास प्रमुृख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको छ ।
झापामा विरिङ खोलाबाट एक लाख ९० हजार ९२५ घनमिटर, टाङटिङ खोलाबाट ७९ हजार ५०० घनमिटर, दहिझोडा खोलाबाट ४५ हजार घनमिटर, रतुवा खोलाबाट एक लाख एक हजार २५० घनमिटिर, मावा खोलाबाट एक लाख ४७ हजार घनमिटर, मेची खोलाबाट ५८ हजार घनमिटर, देवनीया खोलाबाट २९ हजार ६२५ घनमिटर नदीजन्य पदार्थ गिट्टी, बालुबा झिक्ने ठेक्का लाग्ने गरेको थियो ।
यसैगरी, हडिया खोलाबाट ४८ हजार २५० घनमिटर, कन्काई नदीबाट ५६ हजार २५० घनमिटर, निन्दा खोलाबाट ९३ हजार ६०० घनमिटर, टिमाई नदीबाट ८२ हजार ४५० घनमिटर र कमल खोलाबाट आठ हजार ९६ घनमिटर गिट्टी, बालुबा झिक्ने ठेक्का लाग्ने गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण