शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानको चौकीमा भारतद्वारा आक्रमण, जारी गरियो भिडियो

बुधबार, १० जेठ २०७४, ०९ : ३२
बुधबार, १० जेठ २०७४

एजेन्सी

नयाँ दिल्ली, जेठ १० – भारतीय सेनाले जम्मु–कश्मिरको नौशेरा सेक्टरमा रहेको पाकिस्तानको कयौँ चौकीमा हमला गरेर ध्वस्त बनाएको छ ।

ध्वस्त पारिएका चौकीबाट भारतमा घुस्ने आतंकवादीलाई मद्दत गरिरहेको भारतको आरोप छ । त्यस्तै त्यहीँबाट भारतका गाउँहरुमा गोलीबारी गर्ने गरेको भारतीय सेनाले उल्लेख गरेको छ ।

सम्भवतः पहिलो पटक सेनाले पाकिस्तानविरुद्ध गरिएको कारवाहीको भिडियो जारी गरेको हो ।

२४ सेकेण्डको भिडियोमा पाकिस्तानको चौकीमा भारतले गोलीबारी गरेको र चौकी ध्वस्त बनाएको देखाइएको छ ।

भारतीय सेनाको दाबी छ पाकिस्तानको करिब १ वर्ग किलोमिटर क्षेत्रमा गोलीबारीको असर परेको छ ।

आठ महिना अघि भारतले पाकिस्तान नियन्त्रिण कश्मिरमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो ।

भारतले सन् २०१६ को सेप्टेम्बर सर्जिकल स्ट्राइक गरेको थियो ।

पछिल्लो कारवाही कहिले गरिएको भन्ने बारेमा भारतीय सेनाले नखुलाए पनि न्युज एजेन्सी एएनआईले भने सैन्य स्रोतको हवाला दिँदै यो अपरेसन गत ९ मे मा गरिएको थियो । सेनाले रकेट लन्चर, एन्टी ट्यांक गाइडेड मिसाइल, अटोमेटेड ग्रिनेड लन्चरलगायत हतियार प्रयोग गरेको थियो ।

मेजर जनकर अशोक नरुलाले पाकिस्तानी सेनाले हतियारबन्द घुसपैठीहरुलाई मद्दत गर्ने गरेको बताउँदै सैन्य कारवाहीको औचित्य प्रष्टाएका थिए ।

उता पाकिस्तानका मेजर जनरल आसिफ गफुरले भने लाइन अफ कन्ट्रोलमा भारतले पाकिस्तानी चौकीमा आक्रमण गरेको भन्ने दाबी गलत भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप