शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डोल्पाको दुर्गम गाँउमा 'एक घर, एक धारा'

बुधबार, १० जेठ २०७४, ०९ : ३५
बुधबार, १० जेठ २०७४
-रामचन्द्र न्यौपाने बैशाख १०, डोल्पा - डोल्पा जिलाको काइके गाउपालीका स्थित वडा नं. ५ बैजिबारा गाँउमा रेडक्रस सोसाईटी जिल्ला शाखाले जिल्लामै नमुना खानेपानी आयोजना निर्माण गरेको छ । बर्षौ देखि बैजीबाडाबासीले खानेपानीको समस्या भोग्दै आएका थिए । स्थानीयको सहजताको लागि मिटर जडित एक घर एक धारा सहितको नमुना खानेपानी आयोजना निर्माण गरिएको रेडक्रस सोसाईटी डोल्पा शाखाका कार्यक्रम संयोजक टेकम वलीले बताए । ४४ घरधुरी भएको उक्त बस्तीमा आयोजना निर्मार्णहुनु अघि छिमेकी गाँउमा रहेको एउटा धाराको पानीले दुई गाँउका बासिन्दाको दैनिकी चलाउनु पर्ने बाध्यता थियो । समस्याबाट छुटकरा “एक धारा पानीलाइ दुई ठाउमा बाँडेर चलाउँदा निकै हैरानी व्यहोर्नु परेको थियो, अहिले त्यस्तो समस्याबाट छुटकरा पाएका छौँ । यस अघि खानेपानीकोसमस्याले सरसफाई, पशुबस्तु लाई खुवाउन समेत समस्या हुनेगरेको थियो । राजु राकोय, हालै निर्वाचित वडा अध्यक्ष । स्थानीयका अनुसार: -खानेपानी आयोजना सुचारु भएपछि स्वच्छ पानी पिउन पाएका छौं । -सरफाई गर्न तथा बस्तभाउलाई खुवाउन समेत सहज भएको छ । -पहिले एक गाग्री पानी ल्याउन आधा घण्टा हिँड्नु पर्ने बाध्यता थियो । -गाँउको सिरानमा रहेको पानीको मुहान २०७२ सालको भुकम्पपछि सुक्न थाल्यो । कुल लागत २५ लाख १३ हजार ७ सय ९९ रुपैया, मध्ये नेपाल रेडक्रस सोसाइटी सि.इ.एच.पी नेपालगंजको १७ लाख ५२ हजार ८ सय ४१, जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय डोल्पाको १ लाख रुपैया, गाँउ विकास समितीको कार्यालय लावनको ५० हजार रुपैया, समुदायको नगत योगदान ४९ हजार २ सय ९०, र समुदायको श्रमदान रु ५ लाख ६१ हजार ६ सय ६७ रुपैया ७५ पैसाको संयूक्त लगानीमा आयोजना निर्माणकार्य सम्पन्न भएको हो । हाल यस बस्तीका ४४ वटै घरधुरिमा नियमित पानी संचालनमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप