काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणम : १३ हजार ३ सय ५१ मतले एमाले अगाडि
बुधबार, १० जेठ २०७४, १० : १५
जेठ १०, काठमाडौं - वैशाख ३१ मा सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत तीन महानगरपालिकामा मतगणना अझै जारी छ ।
काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले अग्रता लिइरहेको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रो स्थानमा विवेकशील नेपालीकी मेयर उम्मेदवार रञ्जु दर्शना छिन् ।
पछिल्लो मतपरिणमअनुसार मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ४४ ३२१ मत ल्याएका छन् । नेपाली कांग्रेसका राजुराज जोशीले ३०९७० मत पाएका छन् ।
त्यसैगरी रञ्जु दर्शना(न्यौपाने)ले १६०६२ मत ल्याएकी छन् । साझा पार्टीका किशोर थापाको पक्षमा १२०५७ मत खसेको छ । माओवादी केन्द्रका सर्वोत्तमदास डंगोलले ४ हजार ९ सय ५७ मत ल्याएका छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसकी हरीप्रभा खड्कीले ४०१०५, राप्रपाका राजाराम श्रेष्ठले २४१०३ र माओवादी केन्द्रकी शुशिला पौठेलले ६५५८ मत ल्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण