माओवादी केन्द्रले छान्यो उम्मेदवार
बुधबार, १० जेठ २०७४, ०९ : ५३
सुरुङ्गा झापा - नेकपा माओवादी केन्द्रले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ । पार्टीको मङ्गलवार अपराह्न बसेको जिल्ला कमिटीको बैठकले उम्मेदवार छनौट गरेको हो ।
बैठकबाट बिर्तामोड नगरपालिकाका लागि प्रमुख पदमा पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता सिपी कडरिया र उपप्रमुखमा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुलाई छनौट गरेको छ । कडरिया विकासप्रेमी युवानेता मानिनुहुन्छ । सरु अन्तरपार्टी महिला सञ्जाल झापाकी पूर्वअध्यक्ष हुनुहुन्छ ।
त्यस्तै, दमक नगरको प्रमुख पदमा पार्टीका क्षेत्रीय इञ्चार्ज गगन पुरी रेवतराजले आफ्नो उम्मेदवारी दुई महिनाअघि नै घोषणा गर्नुभएको थियो । दमकको उपप्रमुख पदमा आदिवासी जनजाति महासङ्घकी केन्द्रीय सचिव शान्तिदेवी धिमाललाई चयन गरिएको छ ।
कमल नगरपालिकामा नेकपा माओवादी केन्द्रले अधिवक्ता विमल सङ्ग्रौलालाई प्रमुख र उपप्रमुखमा गौरी राईलाई चयन गरेको छ । यसैगरी, गौरादह नगरपालिकामा पार्टीका नगर इञ्चार्ज पुष्प ढकाललाई प्रमुख र अर्पना राजवंशीलाई उपप्रमुखका लागि छनौट गरेको पार्टीका नगर सहसंयोजक कुमार खतिवडाले जानकारी दिए ।
त्यस्तै, गौरीगञ्ज गाउँपालिकामा विद्यानन्दसिंह राजवशींलाई गाउँपालिकाको अध्यक्ष र कल्पना राईलाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने बताइएको छ । शिवसताक्षी नगरपालिकामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेन्द्र भट्टराईलाई प्रमुखको उम्मेदवार छनौट गरिएको छ ।
यसैगरी, भद्रपुरको नगर प्रमुखमा शिवराज राजभण्डारी र उपप्रमुखमा स्वर्णिका सिंह, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र उपप्रमुखमा इन्दिरा कार्की आयुष, कचनकवल गाउँपालिकाको अध्यक्षमा हंसनारायण राजवंशी र उपाध्यक्षमा ईश्वरीमाया गाइने, झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईं र शनिअर्जुन नगरपालिकाको प्रमुखमा भूपेन्द्र न्यौपाने र उपप्रमुखमा अस्मिता तामाङलाई दलको तर्फबाट उम्मेदवार छनौट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण