कालीकोटको नरहरिनाथमा एमाले विजयी
बुधबार, १० जेठ २०७४, ०९ : ५९
कालीकोट - जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षका उम्मेदवार नेकपा एमालेका धिरबहादुर विष्ट विजयी भएका छन्। उनले दुई हजार ४६० मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मीनबहादुर बोगटीले दुई हजार २३८ मत ल्याए ।
त्यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मनशोभा बुढा विजयी भए । उनले दुइ हजार २४९ मत ल्याई विजयी हुुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का सुनिता बुढाले दुई हजार ३८ मत ल्याएको बताइएको छ । नरहरिनाथ गाउँपालिकामा चारवटा वडामा नेकपा एमाले, तीनवटा वडामा नेकपा ९माओवादी केन्द्र० र दुईवटा वडामा नेपाली काँग्रेसले जित हासिल गरेको निर्वाचन अधिकृत प्रदीपराज अधिकारीले बताए ।
कालीकोट जिल्लामा दुई नगरपालिका तिलागुफा र रास्कोट सहित तीन गाउँपालिका पचालझरना, सान्नित्रिवेणी र पलांतामा नेकपा माओवादी केन्द्र०ले जित हासिल गरेको छ भने खांडाचक्र नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ ।
महावै गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेले विजय हात पारेको छ भने नरहरिनाथ गाउँपालिकामा अध्यक्ष नेकपा एमाले र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ । नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि सेरापाटा मतदान केन्द्रमा पुनः भएको मतदानपछि नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण