शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘कटप्पा’सहित आठबिरुद्ध पक्राउ पूर्जी जारी

बुधबार, १० जेठ २०७४, १० : २१
बुधबार, १० जेठ २०७४

मुम्बई, जेठ १० – तमिलनाडुको एक अदालतले मंगलबार आठ तमिल चलचित्र कलाकारविरुद्ध गैरजमानती पूर्जी जारी गरेको छ ।

यी कलाकारहरुमा बाहुबलीमा कटप्पाको भूमिकामा देखिएका अभिनेता सत्यराज, सूर्या, आर शरतकुमार, श्रीप्रिया, विवेक, विजय कुमार, अरुण विजय र चलचित्र निर्देशक चेरन शामिल छन् ।

मानहानीको एक मुद्दामा अदालतमा उपस्थित नभएको कारण निलगिरी क्रिमिनल कोर्टले यी कलाकारहरुविरुद्ध गैरजमानती पूर्जी जारी गरेको हो ।

फिल्म कलाकारहरुविरुद्ध एक पत्रकारले मानहानीको मुद्दा दायर गरेका थिए ।

सन् २००९ मा यस ममिलामा तमिलनाडुको एक अखबारमा छापिएको लेखको दक्षिण भारतीय फिल्म कलाकारको संगठनले निन्दा गरेको थियो ।

देहव्यापारको एक मुद्दामा प्रहरीले फिल्म अभिनेत्री भुवनेश्वरीलाई पक्राउ गरेपछि एक अखबारले यस पेशामा जुडिएको भन्दै केही अभिनेत्रीहरुको सूची नै प्रकाशित गरेको थियो । जसलाई लिएर निकै विवाद भएको थियो ।

फिल्म कलाकारको भनाई थियो, उक्त लेखले फिल्म अभिनेत्रीहरुको छविलाई नुक्सान पुर्याएको छ ।

मुद्दा दर्ता गर्ने पत्रकारले फिल्म कलाकारहरुले एउटा अखबारको आलोचना गर्नुको साटो पूरै पत्रकार समुदायको अपमान गरेको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप