शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पोखरा लेखनाथमा एमालेको अग्रता कायमै : ६४ प्रतिशत मतगणना सम्पन्न

बुधबार, १० जेठ २०७४, १० : २७
बुधबार, १० जेठ २०७४
जेठ १०, पोखरा - पोखरा लेखनाथ महानगरपालिकामा एमाले उम्मेदवारको अग्रता बढ्दै गएको छ । एमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसीले ३७ हजार ४ सय ५१ मत ल्याएका छन् । नेपाली कांग्रेसका रामजि कुँवरले ३० हजार २ सय ७७ मतका साथ जिसीलाई पछ्याइरहेका छन् । उपमेयरमा एमालेकी मञ्जु गुरुङले ३५ हजार ६ सय १८ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी सरस्वती गुरुङले २८ हजार २ सय १० मतका ल्याएकी छन्। माओवादी केन्द्रकी गोमा ढकालले ५ हजार ३ सय ३५ भोट, राप्रपाका रमेश खत्रीले २ हजार ३ सय ४७ र संघीय समाजवादी फोरम नेपाल र नयाँशक्तीको गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी खाती परियारले ८ सय ७५ मत पाएकी छन् । पोखरामा ६४ प्रतिशत (८० हजार) मतगणना सम्पन्न हुँदा नेकपा एमालेका मेयर र उपमेयर दुवै उम्मेदवारको अग्रता फराकिलो बन्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप