शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भारत–चीन सीमा नजिकै भारतीय युद्धविमान वेपत्ता

बुधबार, १० जेठ २०७४, १० : ३५
बुधबार, १० जेठ २०७४

नयाँ दिल्ली, जेठ १० – भारतीय वायु सेनाको एसयु–३० फाइटर विमान भारत–चीन सीमा नजिकै रहेको आसामको तेजपुर क्षेत्रमा वेपत्ता भएको छ ।

तेजपुरबाट ६० किलोमिटर उत्तरतर्फ विमानसँग सम्पर्क विच्छेद भएको थियो ।

रसियामा बनेको फाइटर विमान दुई पाइलटसहित आसामको सालोनिबारीबाट मंगलबार बिहान १०ः३० मा उडान भरेको थियो ।

भारतीय वायु सेनाले खराब मौसमका कारण मंगलबार खोजी कार्यलाई रद्द गरेको थियो ।

रक्षा प्रवक्ताका अनुसार बुधबार पुनः विमानको खोजी शुरु गरिनेछ ।

भारतीय वायु सेनाको सुखोई–३० विमानमा यसअघि पनि इन्जिनमा समस्या देखिँदै आएको थियो ।

दुईवटा इन्जिन भएको रसियन विमानले सबै मौसममा, हवाई तथा थल कारवाही गर्न सक्षम रहेको बताइएको छ ।

सन् १९९० ताका यो विमान भारतीय वायु सेनामा ल्याइएको थियो । त्यसयता ७ वटा विमान दुर्घटनाग्रस्त बनिसकेका छन् । गत मार्चमा पनि यस्तै विमान राजस्थानको बारमेर जिल्लामा दुर्घटनामा परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप