एनआईसी एशिया बैंकमा सहायक कार्यकारी प्रमुखको नियुक्ती
काठमाडौं, जेठ १०– एनआईसी एशिया बैंक लिमिटेडले रोशनकुमार न्यौपाने र सुधिर पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुने भने उनी करीब १० वर्ष अगाडी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका थिए । न्यौपाने बैंकिङ क्षेत्रमा नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नयाँ उचाईसम्म पु¥याउनु पर्छ भन्ने मान्यता राख्छन् ।
त्यसै गरी २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका पाण्डे विभिन्न बैंकहरु तथा एन आई सी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिकामा रहँदै आएका थिए । एनआइसी एसिया नेपालको बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान गर्दै राष्ट्रको समग्र बैंकिङ विकास, वित्तीय क्षेत्रमा सर्वसाधारण जनताको पहुँचको अभिवृद्धि र सम्पूर्ण सरोकारवालाहरुको अपेक्षा बमोजिमको कार्य सम्पादन गर्न सफल बैंक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण