शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एमाले फकाउन प्रधानमन्त्रीको प्रयास जारी

बुधबार, १० जेठ २०७४, ११ : ०४
बुधबार, १० जेठ २०७४

काठमाडौ, जेठ १०– मंगलबार एमालेले संसद चल्न नदिने चेतावनी दिएपछि रोकिएको प्रधानमन्त्रीको विशेष सम्बोधन र संसद बैठक आज ११ बजेलाई बोलाइएको छ । 

यद्यपी दलहरुवीच आज पनि सहमति भैनसकेकाले निर्धारित समयमा बैठक सुचारु हुने सम्भावना अत्यन्त कम भएको छ । प्रधानमन्त्री प्रचण्डले एमालेलाई मनाउन आज बिहान साढे नौ बजे प्रमुख शीर्ष तीन दलको बैठक राख्ने तयारी गरेपनि सो बैठक समेत बस्न सकेन ।

११ बजेका लागि संसद बैठक तोकिएकाले प्रधानमन्त्री दाहालले त्यसअघि नै सहमति जुटाउने प्रयास गरेको प्रधानमन्त्री निकट श्रोतले बताएको छ ।

श्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले ११ बजे अघि नै शीर्ष दलका नेताबीच सहमतिका लागि अन्तिम छलफलको प्रयास गर्ने र सो सम्भव नभए सिहदरवारमै भएपनि सम्बोधन गर्ने तयारी भैरहेको बताइएको छ ।

यद्यपी एमाले सहमतिमा आउने संकेत मिले ११ बजेको संसद बैठक समेत केही घण्टा पर सार्न सत्तारुढ दल र सभामुख सकारात्मक रहेको बताइएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले चुनावको बीचमा संविधान विपरित चुनावलाई नै प्रभावित गर्नेगरी सरकारले स्थानीय तहको संख्या बढाएको भन्दै संसद चल्न नदिने चेतावनी दिदै आएको छ । तर, सत्तारुढ दल र सभामुखले समेत एमालेलाई मनाउन हिजो दिनभरजसो प्रयास गरेपनि सहमति जुट्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप