शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

किन हार्‍यो ललितपुर महानगरमा एमाले ?

बुधबार, १० जेठ २०७४, ११ : ३४
बुधबार, १० जेठ २०७४

कृष्ण गिरी

ललितपुर, जेठ १०–कुनै पनि विकास र विनासमा प्रधान कुरा आन्तरिक हुन्छ । यो कुरा विकास र विनास दुबै ठाँउमा लागू हुन्छ ।

नेकपा एमालेमा पनि यहि कुरा लागू भएको छ । पहिलो चरणको निर्वाचनमा धेरै स्थानीय तहमा जितेर पहिलो बनेको एमालेले ललितपुर महानगरपालिकामा भने झिनो मतले हार व्यहोर्नु परेको छ ।

यो हारमा एमालेको आन्तरिक कारण रहेको एमालेका जिल्लास्तरका नेताहरु बताउँछन् । ललितपुरमा अहिले एमाले वृत्तमा हारको कारणबारे छलफल हुन थालिसकेको छ ।

एमालेका ललितपुर जिल्ला सचिवालय सदस्य तथा १५ नं वडाका वडा अध्यक्ष सुर्दशन मिश्र चुनावमा पराजित हुनु जातीयता एक कारण भएको तर्क गर्छन् । उनी भन्छन् ‘एक्काइसौं शताब्दीमा पनि ललितपुरका एमालेमा जातीवादको अहंमता धेरै हुनुको कारण मेयरमा पराजित हुनुपर्यो । विचारको राजनीति गर्ने कम्युनिष्टहरु नै जातिवादको दलदलमा फस्तु बिडम्बरापूर्ण छ ।

उनले अब ललितपुरमा एमाले जिल्ला कमिटी जातिवादका विरुद्ध लड्ने भन्दै पार्टीभित्र पनि गम्भीर समिक्षा हुने बताए ।

यस्तै कार्यकर्ताको चाहनाविपरित राप्रपासँग तालमेल गरिनु पनि हारको अर्को कारण भएको अर्का एक जिल्लास्तरीय नेताले बताए । ती नेता भन्छन् ‘एमालेले ललितपुरमा मेयर र उपमेयर दुबै जित्थ्यो । तर नेताहरुले तल नसोधेर राप्रपासंग तालमेल गर्नु नै मेयरमा हार्नुको पहिलो कारण हो ।’

जानकारहरुका अनुसार ललितपुरमा रहेका पूर्व माक्र्सवादी र आमात्य समूहको बाहुल्यता भएकाले पार्टी निकटै भएपनि एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई सहयोग गरेनन् । यसभित्र जातिवाद र गुटगत मानसिकताले काम गरेको छ ।

ललितपुरमा एमालेका मेयरका उम्मेदवारका दाबेदार थिए – ज्ञानेन्द्र शाक्य । जो एमाले पार्टी अध्यक्ष केपी ओलीका साला हुन् । उनले आन्तरिक रुपमा निर्वाचनमा नसघाएको ललितपुर एमाले पार्टीभित्रै चर्चा छ । अर्का उम्मेदवारका दाबेदार कपिल घिमिरेले पनि असहयोग गरेको बताइन्छ । मेयरमा हार्नुको कारण एमालेमा भएको आन्तरिक गुटबन्दी ,जातीतावाद नै प्रमुख रहेको एमालेको बुझाइ छ ।

ललितपुरमा महर्जन र शाक्य समुदायको बाहूल्यता रहेको छ । यो जातीले आफूलाई उच्च जातिमा गन्छ । त्यही कारणले नेवार समुदायकै भएपनि व्यञ्जनकारलाई नरुचाएको बताइन्छ ।

अन्य क्षेत्रभन्दा शिक्षित मानिने राजधानीमा नै जातिवाद हुनु कम्युनिष्टहरुको लागि राम्रो नभएको विश्लेषकहरु बताउँछन् । यसो त उम्मेदवारी दर्ता गर्दाखेरी नै राप्रपासँग गठबन्धन गरेका कारण एमाले कार्यकर्ताहरुनै रुष्ट बनेका थिए । यसको असर मेयरमा देखियो ।

जब कि एमालेले ललितपुरमा २९ मध्ये १४ वडाहरु बहुमतसहित जितेको छ । अधिकासं वडामा प्यानल नै जितेको छ । प्यानलसहित जितेका वडाहरुमा नै एमालेको मेयर उम्मेदवारले कम भोट ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप