प्रेस युनियनले २६औँ स्थापना दिवस मनाउँदै
काठमाडौँ, १० जेठ । नेपालका प्रजातन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनले यही जेठ १३ गते २६औँ स्थापना दिवस तथा रजत वर्ष समापन समारोह भव्यरुपमा मनाउने भएको छ ।
युनियनले गत वर्ष ‘नेपाल प्रेस युनियनको अभियान, भौतिक र पेसागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने नाराका साथ स्थापनाको रजत वर्ष विभिन्न कार्यक्रम वर्षभरि मनाएको थियो । प्रेस युनियनको स्थापना विसं २०४८ जेठ १३ गते भएको हो ।
प्रेस युनियन केन्द्रीय सचिवालय बैठकले २६औँ स्थापना दिवस र रजत वर्ष समापन समारोह विशेष कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। स्थापनाकालदेखि नै युनियनले सञ्चारकर्मीका पेसागत तथा भौैतिक सुरक्षाका सवालमा महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै अध्यक्ष सिग्देलले भने, “श्रमजीवी पत्रकार ऐन तथा नियमावलीको पूर्ण कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई दबाब दिई मुलुकको सञ्चार क्षेत्रलाई अझ समृद्ध र सम्मानित बनाउन हामी अनवरतरुपमा कटिबद्ध छौँ ।”
प्रेस युनियनको उत्पत्ति ट्रेड युनियनवादको अवधारणाअनुरुप भएको हो । नेपालका सञ्चारकर्मीलाई सङ्गठित बनाई श्रमजीवी पत्रकारका पक्षमा वकालत गर्दै आएको प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ ९आइएफजे०को नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।
विसं २०४८ जेठ १३ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा प्रेस युनियनको जन्म भएको हो । त्यसयता युनियनमा हरि अधिकारी, रमेश तूफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजङ्ग शाह र किरणकुमार पोखरेल अध्यक्ष भइसक्नुभएको छ ।
युनियनका मुलुकभर मुस्ताङ र हुम्लाबाहेक सम्पूर्ण जिल्लामा जिल्ला शाखा र कैलालीमा लम्की उपशाखा तथा काठमाडौँमा साँखु उपशाखा गरी ७५ शाखा तथा उपशाखा रहेका छन् । रासस ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण