सरिताको अभिनयमा ‘आमा तिमी कहाँ छौँ’
बुधबार, १० जेठ २०७४, ११ : ४३
काठमाडौं, जेठ १० – रंगमञ्चमा राम्रो जमेकी अभिनेत्री हुन् सरिता गिरी । यी नै सरिता यदाकदा चलचित्र तथा म्युजिक भिडियोमा समेत देखिने गरेकी छन् । सरिताले पछिल्लो समय अभिनय गरेको म्युजिक भिडियो ‘आमा तिमी कहाँ छौँ’ सार्वजनिक भएको छ । गायक किशोर शिवाकोटीको यो गीतमा मार्मिक ढंगले आमाको सम्झना गरिएको छ । गीतमा शिवाकोटीले आमाको सम्झनालाई विभिन्न कोणबाट प्रस्तुत गरेका छन्, भने भिडियोमा समेत आमाको महत्व हृदयस्पर्शी बनाइएको छ । शिवाकोटीकै शब्द, स्वर र संगीतमा रहेको गीत ‘ट्रब्युट’ एल्बममा समावेश गरिएको छ । किरण चाम्लिङ राईको निर्देशन, नविनबाबु गुरुङको छायाँकन र प्रविण श्रेष्ठको सम्पादन रहेको भिडियोमा आमाको भूमिकामा देखिएकी सरितालाई सागर थापा र आरोग्य गिरीले समेत अभिनय साथ दिएकी छन् ।
https://youtu.be/7qmcgFv4elYखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण