बर्दियामा काँग्रेसबाट पत्रकारद्वय उम्मेदवार
बर्दिया, १० जेठ । यही जेठ ३१ हुने स्थानीय तहको निर्वाचनअन्तर्गत गुलरिया नगरपालिकाको वडा सदस्यमा नेपाली काँग्रेस बर्दियाले दुईजना पत्रकारलाई उम्मेदवारमा छनौट गरेको छ ।
वडा तथा नगर कार्यसमितिबाट वडा सदस्यमा सिफारिस भइआएका नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारी र नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष युवराज श्रेष्ठलाई क्षेत्रीय कार्यसमितिले पनि अनुमोदन गरी उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेपाली काँग्रेसले भण्डारीलाई गुलरिया नगरपालिका–७ को वडा सदस्यमा र श्रेष्ठलाई वडा नं ५ को वडा सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेकोमा बर्दियाका सम्पूर्ण पत्रकारले खुसी व्यक्त गरेका छन् ।
बर्दियाको पत्रकारिता, समाजसेवा र राजनीतिमा विशेष योगदान पु¥याउँदै आइरहेका पत्रकार राजभण्डारी र श्रेष्ठलाई अत्यधिक मतका साथ वडा सदस्यमा बिजयी बनाउन चुनाव प्रचारप्रसार समितिले सबैमा आग्रह गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण