सहमति नजुट्दा संसद बैठक अन्यौलमा, शीर्ष बैठक समेत बसेन
काठमाडौ, जेठ १०– मंगलबार पटकपटक स्थगित हुँदै बुधबार ११ बजेलाई बोलाइएको व्यवस्थापिका संसद बैठक ११ः ४० बज्दासम्म बस्न सकेको छैन । प्रतिपक्षी दल एमालेले संसद चल्न नदिने चेतावनी दिएपछि मंगलबार स्थगित भएको संसद बैठक सुचारु गर्न दलहरुवीच सहमसितको प्रयास भएपनि सफल नहुँदा आजको बैठक पनि अन्योलमा परेको हो । संसद बैठक चले प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन र राजीनामा गर्ने बताइएको छ । यसअघि ११ बजेका लागि संसद बैठक तोकिएकाले प्रधानमन्त्री दाहालले त्यसअघि नै सहमति जुटाउने प्रयास गरेपनि दलहरुवीच कुरा मिल्न नसकेको बताइएको छ । प्रधानमन्त्रीले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भनिएपनि अझैं सुरु हुन सकेको छैन । ११ बजे नै संसद भवन नयाँ वानेश्वरमा प्रचण्ड पुगेपनि एमाले नेता झलनाथ खनालबाहेक अरु दलका नेता पुगेका छैनन् । प्रमुख प्रतिपक्ष दल एमालेले चुनावको बीचमा संविधान विपरित चुनावलाई नै प्रभावित गर्नेगरी सरकारले स्थानीय तहको संख्या बढाएको भन्दै संसद चल्न नदिने चेतावनी दिदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण