शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एमालेले माग्यो जित–हारका ५ कारण

बुधबार, १० जेठ २०७४, १२ : ०२
बुधबार, १० जेठ २०७४

काठमाडौ, जेठ १० – एमालेले दोस्रो चरणको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन सिंगो पार्टी परिचालन गर्ने भएको छ । नेकपा एमाले स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बुधबार बसेको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवहरूबाट शिक्षा लिंदै दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिंगो पार्टी परिचालन गर्ने निर्णय गरेको हो ।

बैठकले पहिलो चरणको निर्वाचनका सन्दर्भमा तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन सबै जिल्ला कमिटीहरूलाई निर्देशन समेत दिएको छ । त्यस्तै एमालेले जिल्ला कमिटिहरुलाई विस्तृत समीक्षा प्रतिवेदन चाडोभन्दा चाडो केन्द्रीय कार्यालयमा पठाउन समेत निर्देशन गरेको छ ।

एमालेले समिक्षा प्रतिवेदन पठाउदा नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा सबै उम्मेदवारले प्राप्त गरेको मत परिणामसहित पठाउन भनेको छ । उसले विजयीहरुको नामावलीसहित विजयी हुनुका पाँच आधार र निर्वाचनमा पराजित हुनुका पाँच कारण पनि खुलाउन भनेको छ । एमालेले निर्वाचनका क्रममा प्रशासनको भूमिका, पार्टीको आन्तरिक परिचालन तथा उम्मेदवार तालमेलको प्रभाव र अनुभव केन्द्रमा पठाउन भन्दै संविधानअनुरुप गठन हुने जिल्ला समन्वय समिति र गाउँ तथा नगर कार्यपालिकामा सदस्यहरूको मनोनयनका निम्ति आवश्यक प्रबन्ध गर्न सम्पूर्ण मातहत कमिटीहरूलाई निर्देशन दिएको प्रवक्ता योगेश भट्टराइले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप